शुक्रबार मकवानपुरमा १२ जनाले जिते कोरोना

हेटौडा न्युज
११ भाद्र २०७८, शुक्रबार १५:१८
;

मकवानपुर। शुक्रबार मकवानपुरमा १२ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना पुष्टि भएकोमा १२ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ३७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*