४४ किलो लागूऔषध गाँजा सहित २ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४४ किलो लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन लो रहेका छन् ।
शुक्रबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ५ जय सिंह स्थित खोलाको किनारामा उनीहरुले बोकि ल्याएको भारी चेकजाँच गर्दा ४४ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ उनीहरुलाई उक्त लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुरले जनाएको छ ।










