पहिरोका कारण पुन: भीमफेदी–कुलेखानी सडक अवरुद्ध

हेटौडा न्युज
१२ भाद्र २०७८, शनिबार ११:१६
;

मकवानपुर । निरन्तर वर्षाका कारण भीमफेदी–६ देउराली नजिक फेरी पहिरो जाँदा हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाण्डौ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी सडक अवरुद्ध भएको छ ।

शुक्रबार पनि भीमफेदी देउराजी नजिक पहिरो गएको थियो । सोहि ठाउँ शनिबार बिहान पनि पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।

आज बिहान सोहि स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*