भीमफेदी–कुलेखानी सडक एकतर्फी सुचारु

हेटौडा न्युज
१२ भाद्र २०७८, शनिबार ११:४८
;

मकवानपुर । पहिरोका कारण अवरुद्ध रहेको भिमफेदी– कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

हेटौंडा हुदै काठमाण्डौं जाने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक शुक्रबार रातिको लगातारको बर्षाले भिमफेदी–६ देउराली नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*