शनिबार मकवानपुरमा ५० जनामा कोरोना पुष्टि
मकवानपुर । शनिबार मकवानपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७९ जनाको पिसिआर र १६ जनाको एन्टिजेन गरी जम्मा ९५ जनाको कोरोना परिक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ७ सय २४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ४२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६० जनाको मृत्यु भएको छ ।










