आईतबार मकवानपुरमा १ जना मात्रै कोरोना सङ्क्रमित

हेटौडा न्युज
१३ भाद्र २०७८, आईतवार १४:४७
;

मकवानपुर । आईतबार मकवानपुरमा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ७ सय २५ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*