देशभर १ हजार ३ सय ८८ जनामा सङ्क्रमण पुष्टि, २ हजार २ सय ६० जना सङ्क्रमणमुक्त, २४ जनाको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७८, आईतवार १८:२१
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षणमा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १ सय ७४ जना गरी १ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*