भोलिदेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नियमित सेवा
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले (भोलि) भदौ १५ देखि नियमित सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै भदौ १५ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाएर नियमित सेवा प्रवाह हुने जानकारी दिएको हो ।
कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो । सेवाग्रहीको बढ्दो चाप र कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा लगाईएको आलोपालो व्यवस्था हटाइएकोे छ ।
प्रशासन कार्यालयले सरकारले तोकेको स्वास्थ मापदण्ड अपनाएर सेवा लिन सर्वसाधरणलाई अपिल समेत गरेको छ ।










