सोमबार मकवानपुरमा ३१ जनामा कोरोना पुष्टि
मकवानपुर । सोमबार मकवानपुरमा ३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय जनाको पीसीआर परिक्षण र २ सय ७३ जनाको एन्टिजेन गरी जम्मा ३ सय ७३ जनाको कोरोना परिक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ७ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ५२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।










