सोमबार मकवानपुरमा १० जनाले जिते कोरोना
मकवानपुर। सोमबार मकवानपुरमा १० जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना पुष्टि भएकोमा १० जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ७ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ५२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।










