देशभर थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१४ भाद्र २०७८, सोमबार १६:५६
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ पीसीआर परीक्षणमा १ हजार ९ सय २ जना र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षणमा ३ सय ९३ जना गरी २ हजार २ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ८ सय ८ रहेको छ । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*