विद्यालय सञ्चालनको विषयमा जिल्ला प्रशासन कार्यालयमा आज प्रतिवेदन पेश हुने

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १०:५४
;

मकवानपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब ५ महिनादेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु सञ्चालन गर्ने विषयमा आज जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश हुने भएको छ ।

कोरोनाका कारण बन्द रहेका विद्यालय सञ्चालनका लागि अध्ययन गर्न गत साता गठन भएको कार्यदलले आज बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सो सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने भएको हो ।

विद्यालय सञ्चालनका लागि बनेको कार्यदलले आवश्यक सम्पूर्ण काम गरेर सकाएकाले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई प्रतिवेदन प्रस्तुत गर्न लागेको कार्यदलका संयोजक तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलले जानकारी दिए ।

प्रतिवेदन बुझाइसकेपछि मात्र कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय गर्ने उनले बताए । प्रतिवेदन बुझाउनुअघि विद्यालय सञ्चालन विषयमा बोल्न नमिल्ने भन्दै प्रमुख खरेलले प्रशासनले नै विद्यालय कहिलेबाट सञ्चालन गर्ने र कसरी सञ्चालन गर्ने विषयमा निर्णय गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*