हेटौंडामा मोबाइल खाता एप्स
मकवानपुर । हेटौंडामा मोबाइल खाता एप्स सञ्चालनमा आएको छ ।
मोबाइल खाता निर्माण कम्पनी वेदान्त टेक्नोलोजीज प्रालिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मोबाइल खाता एप्सको बारेमा जानकारी दिईएको हो ।
वेदान्त टेक्नोलोजीज प्रालिका प्रबन्धक भरत सापकोटाले पसलमा प्रयोग हुने परम्परागत डे बुक तथा लेजरको सट्टामा मोबाइलमै आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधिलाई डिजिटल रुपमा राख्न ,खरिद बिक्री, खर्च उधारो आदी सम्पूर्ण लेखा हिसाब मोबाइलमै राख्न सकिने बताए । मोबाइल खातालाई गुगल प्लेस्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर सक्रिय गराउन सकिने छ ।
हाललाई एक महिनामा सम्म निशुल्क चलाउन अफर दिएको पत्रकार सम्मेलनमा बताइएको छ । “मोबाइल हातमा खाता साथमा“ भन्नै मुल नारा सहित बिशेष गरी व्यवसायीलाई सहज बनाउन हेटौंडामै पहिलो पटक एकै साथ खर्च, रिपोर्ट र ग्राहकले तिर्न बाकी रकमलाई खाता आफैले रिमाइन्ड गर्न मिल्ने गरि मोबाइल खाताको निर्माण सञ्चालनमा ल्याइएको हो । मोबाइल खाता खरिद गरी प्रयोग गर्नका लागि ग्राहकले बार्षिक ५ हजार शुल्क तिर्नुेपर्ने बताईएको छ । भने प्रत्येक वर्ष तोकिएको रकम तिररे नविकरण गर्नुपर्नेछ ।










