देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५६ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ७३ पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ७४ जना निको भएका छन् । यस्तै कोरोना सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।










