विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ४ सय ७८ जना सहभागी, ३ सय ३९ जना पास
मकवानपुर । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३० प्रतिशट डाक्टर फेल भएका छन् ।
स्नातकोत्तर तह (एमडी) पास गरेर प्रमाण–पत्रका लागि काउन्सिलले लिएको परीक्षामा सहभागीमध्ये ३० प्रतिशत डाक्टर फेल भएका हुन् । शुक्रबार दुई सिफ्टमा काउन्सिलले एमडी डाक्टरहरूको परीक्षा लिएको थियो । पुल्चोक इञ्जिनियरिङ कलेजमा लिइएको परीक्षामा ४ सय ७८ जना सहभागी थिए ।
काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीका अनुसार सहभागीमध्ये ३ सय ३९ जना पास भएका हुन् । १ सय ३० जना परीक्षामा फेल भएको उनले बताए । लाइसेन्सका लागि आवेदन दिएका ९ जनाको । आवश्यक कागजात नपुगेकाले परीक्षा स्थगित भएको अधिकारीले बताए ।










