नेपाल रेडक्रस सोसाईटी हेटौंडा उपशाखाले आजिवन सदस्यहरुलाई निशुल्क रगत उपलब्ध गराउने

हेटौडा न्युज
१९ भाद्र २०७८, शनिबार १४:०२
;

मकवानपुर । नेपाल रेडक्रस सोसाईटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाइ निशुल्क रगत उपलब्ध गराउने भएको छ ।

हेटौंडा उपशाखाको शनिबार बसेको बैठकले उपशाखामा रहेका आजिवन सदस्यहरूलाई रगतको आबश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्र मार्फत निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । रगतको आबस्यकता परेको बेला बिरामीलाइ रगत उपलब्ध गराउने र बिरामीलाइ उपलब्ध गराएको रगतको मूल्य बराबरको रकम हेटौंडा उपशाखाले रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिवहरि दाहालले जानकारी दिए ।

सभापति दाहालले नेपालमै पहिलो पल्ट नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको उपशाखाले आफ्नो आजिवन सदस्यहरुलाइ निशुल्क रगत उपलब्ध गराउन लागिएकोले यस कार्यक्रमले बिरामी भएको बेला आजिवन सदस्यहरुलाइ सहयोग पुग्ने बताए । अहिले रक्तसञ्चार केन्द्रले प्रती युनिट रगतको ८ सय ५० रुपैया लिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*