देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५३ जनाको पिसिआर र ३ हजार १ सय २२ जनाको एन्टिजेन परीक्षण गरि जम्मा ९ हजार ८ सय ७५ जनामा कोरोना परीक्षण गर्दा १ हजार २ सय ६८ जना सङ्क्रमित थपिएका हुन् ।
त्यस्तै २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ ।










