कर्रा खोलामो ट्रक बगाउँदा बेपत्ता भएका दुबै जनाको शव भेटियो

हेटौडा न्युज
२० भाद्र २०७८, आईतवार ११:१३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१७ स्थित कर्रा खोलामा आएको बाढीले शुक्रबार दिउँसो ट्रक बगाउँदा बेपत्ता भएका दुबै जनाको शव भेटिएको छ ।

शुक्रबार बिहान परेको भारी वर्षाले आएको बाढीले हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक बगाउँदा ट्रक चालक सहित दुई जना बेपत्ता भएका थिए । बेपत्ता भएका दुई जना मध्ये ट्रकमा सवार काठमाण्डौको चन्द्रगिरी नगरपालिको १५ तिन थान बस्ने ५४ वर्षीय गणेश थापा मगरको शव शनिबार दिउँसो भेटिएको र ट्रक चालक रामेछापको तामाकोशी लिखु गाउँपालिका वडा नम्बर ४ घर भई हेटौंडा–६ मा डेरा गरी बस्ने ४० वर्षीय बद्री सार्कीको शव आज बिहान फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सार्कीको शव आज बिहान चुच्चेखोला स्थित खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बतए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*