मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि नगर्न गृहको चेतावनी

हेटौडा न्युज
२० भाद्र २०७८, आईतवार १३:५७
;

मकवानपुर । सरकारले मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि नगर्न जनतालाई चेतावनी दिएको छ ।

गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्ष्यित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने बताएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिवधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।”

विज्ञप्तिमा मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएका र भविष्यमा पनि यही गरिने उल्ल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*