आइतबार मकवानपुरमा एक जना मात्रै कोरोना सङक्रमित थपिए

हेटौडा न्युज
२० भाद्र २०७८, आईतवार १४:२२
;

मकवानपुर । आइतबार मकवानपुरमा एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको एन्टिजेन परिक्षण गर्दा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ९ सय २० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय १२ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*