मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का ६६ वर्षीय पुरुष रहेका छन् ।
यो संगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको सङ्ख्या १ सय ६३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।