भदौ २७ गतेबाट उपमहानगरका सामुदायिक विद्यालयहरुले भौतिक उपस्थितिमा पठनपाठन गराउने

हेटौडा न्युज
२० भाद्र २०७८, आईतवार १५:४७
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुले भदौ २७ गतेबाट भौतिक रुपमा विद्यार्थीलाई उपस्थित गराएर विद्यालयमा पठनपाठन गराउने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आईतबार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफलको आयोजना गरी भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।

विद्यालयका कुल विद्यार्थी संख्यामध्ये आधा विद्यार्थी मात्रै उपस्थित गराएर आलोपालो कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्दे विद्यालय सञ्चालन गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*