सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिन संसदीय समितिको निर्देशन

हेटौडा न्युज
२० भाद्र २०७८, आईतवार १७:२२
;

मकवानपुर । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिएकी हुन् ।

आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले ऐन अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताए । उनले भने ‘ऐनले व्यवस्था गरे अनुरुप नै छात्रवृत्ति प्रदान गरिएको छ ।’ ऐनले कक्षा ६ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका हुनुपर्ने व्यवस्था गरेको छ । पूर्व शिक्षामन्त्री एवं समिति सदस्य गिरिराजमणि पोखरेलले छुट्र्याएको सिट र उत्तीर्ण संख्याबिच धेरै अन्तर देखिएकोले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८ हजार २५१ जना रहेको छ । आयोगले एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*