सोमबार मकवानपुरमा २९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ भाद्र २०७८, सोमबार १५:०१
;

मकवानपुर । सोमबार मकवानपुरमा २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय १६ जनाको पीसीआर परिक्षण र ४१ जनाको एन्टिजेन गरी जम्मा १ सय ५७ जनाको कोरोना परिक्षण गर्दा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ९ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय १५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*