देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२२ भाद्र २०७८, मंगलवार १७:२०
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ४ सय २३ जना र ३ हजार ९ सय २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ५४ जना गरी १ हजार ६ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ७२ रहेको छ । यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*