बुधवार मकवानपुरमा सङ्क्रमित र निको हुने बराबरी, १४ जनाले जिते कोरोना
मकवानपुर । बुधवार मकवानपुरमा १४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना पुष्टि भएकोमा १४ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ९ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४ सय ३९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।










