सङ्खुवासभा हत्याकाण्ड: एकै परिवारका ६ जनाको हत्या गर्ने अभियुक्त पक्राउ
मकवानपुर । सङ्खुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा सङ्लग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका व्यक्तिले अपराध स्वीकार गरेका छन् । आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । हत्या आरोपी मृतकका गाउँकै आफन्त पर्ने व्यक्ति रहेको बताइएको छ ।
९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो । उनका ५२ वर्षीया छोरा तेजवहादुर कार्की, वुहारी कमला कार्की, रन्जना कार्की, पत्नी पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो । विपिन ८ वर्ष र गोमा ५ वर्षका नाबालक थिए ।










