आजबाट मकवानपुरका विद्यालयमा भौतिक रुपमा पठनपाठन शुरु
मकवानपुर । कोरोना सङ्क्रमणको जोखिमको कारण विगत बैशाख देखी बन्द रहेका विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् ।
पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमण दर घटेको भन्दैै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहलाई विद्यालय तथा शैक्षिक संस्था खोल्न दिने निर्णय गरेपछि आजबाट मकवानपुरका संस्थागत तथा सामुदायिक विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
विद्यालय सञ्चालनमा आएपनि स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न,भौतिक दुरी कायम गर्न, भिडभाड हुने सामुहिक कार्य नगर्न नगराउन भनिएको छ ।










