देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ३२ पीसीआर परीक्षणमा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।










