नारायणी अटो ट्रेड लिङ्कका नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण
मकवानपुर । नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रलिले सञ्चालनमा ल्याएको नारायणी अटो ट्रेड लिङ्कका नयाँ शेयर सदस्यहरु लाई प्रमाण पत्र वितरण गरीएको छ ।
शुक्रवार नारायणी संघ हेटौंडाको सभाहलमा भएको एक कार्यक्रमकाबीच नयाँ शेयर सदस्यहरुलाई शेयर प्रमाण पत्र वितरण गरीएको पुरानो नारायणी यातायात कम्पनी प्रलिका अध्यक्ष हिरालाल श्रेष्ठले जानाकारी दिए । पुरानो नारायणी यातायात कम्पनी प्रलिले यातायात व्यवसायीहरुलाई गुणस्तरीय ईन्धन उपलब्ध गराउन नारायणी अटो ट्रेड लिङकको स्थापना गरी २०५९ सालदेखि सवारीसाधनको ईन्धन बिक्री गर्दे आएको छ । शेयर प्रमाण पत्र वितरण कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनी प्रलिका पदाधिकारीहरु तथा कर्मचारी ,नारायणी अटो ट्रेड लिङकका प्रवन्ध सञ्चालक रमेश कुमार प्रधान लगाएतकाको सहभागिता रहेको थियो ।
यस्तै नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रलिको आयोजनामा शुक्रवार विश्वकर्मा पुजा सम्पन्न भएको छ । शुक्रवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित तौलपुल परिसरमा रहेको विश्वकर्माको मन्दिरमा पुजा सम्पन्न गरिएको पुरानो नारायणी यातायात कम्पनी प्रालिका प्रवन्ध सञ्चालक सरोज खनालले जानकारी दिए । धार्मिक परम्परा अनुसार विश्वकर्मा पुजाको दिन सवारी साधन , फलामका उपकरण , लगाएतको पुजाआजा गरिने प्रचलन रहेको छ । पुरानो नारायणी यातायात कम्पनी प्रलि संग हाल ८ हजार भन्दा बढी सवारीसाधनहरु आवद्ध रहेका छन् । कार्यक्रममा पुरानो नारायणी यातायात व्यवसायी कम्पनी प्रलिका पदाधिकारीहरु तथा कर्मचारी लगाएतकाको सहभागिता रहेको थियो ।










