उपमहानगरको नेतृत्वमा सरसफाइ

हेटौडा न्युज
२ आश्विन २०७८, शनिबार ०९:४८
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकावडा नम्बर ४ स्थित लोकतान्त्रिक हुप्रचौर क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको अगुवाइमा संविधान दिवसको अवसरमा हुप्राचौर क्षेत्रमा सरसफाइ गरिएको हे । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको नेतृत्वमा एक सय ५० जनाको टोलिले शनिवार हुप्राचौर क्षेत्रमा सरसफाइ गरेका हुन् ।
कोरोना महामारीका कारण महिनौदेखि प्रयोग विहीन बनेको चौरमा झार उम्रिएर फोहोर बनेको थियो ।

नेपाल प्रहरी, नगर प्रहरी, खेलप्रेमी युवाहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतकाको सहभागितामा सरसफाइ गरिएको मेयर महतले जानकारी दिए । मेसिनका माध्यमले झार काट्ने, फाड्ने, फोहोर टिप्ने लगायतका काम गरिएको भन्दै यस अभियानलाई तिव्रता दिने मेयर महतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*