सोमवार मकवानपुरमा २९ जनाले जिते कोरोना

मकवानपुर । सोमवार मकवानपुरमा २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २ जनामा कोरोना पुष्टि भएकोमा २९ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ७ सय ४३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।