गाई काट्ने १० जना पक्राउ

हेटौडा न्युज
४ आश्विन २०७८, सोमबार १८:१०
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाई काट्ने १० जना लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ९ बस्ने ५० वर्षीया कोसञ्चमाया ब्लोन , ४२ वर्षीया फुलमाया थिङ, १८ वर्षीय सन्देस बि.क., ४० वर्षीय सोम बहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा नम्बर ११ बस्ने ३९ वर्षीय जनक बहादुर लो, ४३ वर्षीय राज कुमार घलान, ४० वर्षीय रबिन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नम्बर ४ बस्ने ४८ वर्षीय प्रल्हाद भक्त न्यासुर रहेका छन् ।

असोज ३ गते बेलुकी बकैया गाउँपालिकामा वडा नम्बर ११ मा नेपालको राष्ट्रिय जनावर गाई काटेर भनग लगाईरहेको अवस्थामा उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*