देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय २६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९ सय ६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।