गाई काटेको आरोपमा पक्राउ परेकाहरुलाई रिहाई गर्न तामाङ घेदुङ बागमती प्रदेशको माग

हेटौडा न्युज
६ आश्विन २०७८, बुधबार १०:१२
;

मकवानपुर । बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई विना सर्त रिहाइ गर्न नेपाल तामाङ घेदुङ बागमती प्रदेशले माग गरेको छ ।

घेदुङका प्रदेश अध्यक्ष लिला कुमार घलानले एक विज्ञप्ती जारी गर्दै मरेको गाईलाई खाल्टो खनी व्यवस्थापन गरिरहेका स्थानीयलाई गाई काटेको आरोपमा नियोजित र षडयन्त्रपूर्ण ढङ्गले प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल तामाङ घेदुङ बागमती प्रदेशको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

“मुलुक धर्मनिरपेक्ष भईसकेता पनि व्यवहारमा अझै हिन्दुराज्यको धङघङी रहेको परिप्रेक्ष्यमा संविधानको बर्खिलाप हुने गरी स्वतन्त्र रुपमा बाच्ने वा बाच्न पाउने नागरिकको अधिकार प्रति ठाडो उल्लङ्घन भएको छ । विशेष गरी आदिवासी जनजाति र दलित समुदायलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै पक्राउ गरी फसाउँने नियत प्रति निन्दनिय नै छ ।” विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष घलानले गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई विना सर्त रिहाइ गर्न माग गरका छन् । उनले झुटा आरोप लगाई क्षेणिक लोकप्रियता कमाउने नाममा स्थानाीय नागरिकलाई पक्राउ गर्ने कार्यमा सङ्लग्न प्रहरीलाई अविलम्ब छानविनको दायरामा ल्याई आवश्यक कारबाही गर्न माग समेत गरेका छन् । तर नेपालको राष्ट्रिय जनावर गाई मारेको अथवा काटेको अवस्थामा दण्ड जरिवाना हुने संविधानमै व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*