ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटियो
मकवानपुर । गत मंगलवार काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा नम्बर –१ घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यल जानकारी दिईन् ।
गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।










