क्याम्पाडाँडामा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पाडाँडामा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् ।
आईतवार दिउँसोे हेटौंडाबाट चौघडा तर्फ जाँदै गरेको ना ४ ख ७८३३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५३ प ३५१७ मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
घाईते हुनेमा १८ वर्षीय सागर साह रहेका छन् । मोटरसाईकल चालक साह बेहोस रहेको र उपचारको लागि उनलाई हेटौंडा अस्पतालबाट रिफर गरेर चुरेहिल अस्पताल पठाईएको प्रवक्ता रिमालले बताए ।










