हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धि एक दिने निःशुल्क शिविर
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटुरोग स्वास्थ्य सम्बन्धि एक दिने निःशुल्क शिविर संचालन हुने भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा निःशुल्क शिविर संचालन हुने भएको हो । असोज १६ गते बिहान ८ बजे देखी दिउँसो ४ बजेसम्म शिविर सुरु हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईले जानकारी दिए ।
शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञबाट शिविर संचालन हुने उनले बताए ।










