वनस्पति अनुसन्धान केन्द्र र मकवानपुर बहुमुखी क्याम्पस बीच रिसर्च इन्टर्न सम्झौता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ मा रहेको वनस्पति अनुसन्धान केन्द्र र मकवानपुर बहुमुखी क्याम्पसका बीचमा रिसर्च इन्टर्न कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर गरिएको छ ।
केन्द्रका प्रमुख रघुराम पराजुली र मकवानपुर क्याम्पसका प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायका बीचमा हस्ताक्षर भएको हो । अनुसन्धान केन्द्रमा वनस्पतिको अध्ययन, अनुसन्धान, संरक्षण तथा वनस्पति सम्बन्धी व्यवहारिक सिकाइको समेत अवसर रहेकोले रिसर्च इन्टर्नलाई पनि कार्यालयले प्रोत्साहन दिंदै आएको छ ।
यसै अनुरुप आर्थिक वर्ष ०७८/०७९ को रिसर्च इन्टर्न कार्यक्रममा विज्ञान विषयमा स्नातक तहको पढाइ हुँदै आएको मकवानपुर बहुमुखी क्याम्पसबाट माग भइ आएकोले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझादारी पत्रमा प्रथम पक्ष र दोश्रो पक्षबीच रिसर्च इन्टर्नको लागि विद्यार्थी छनोटको लागि समन्वय हुने भएको छ ।










