लागूऔषध सहित एक जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४८ बोतल लागूऔषध (व्ईनसिरेक्स) सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय सोम बहादुर थोकर रहेका छन् । विहीवार साझ रातोमाटे बाट हेटौडा तर्फ जादैँ गरेको ना २४ प २२१० नम्बरकोे मोटरसाईकललाई प्रहरीले पिछा गर्ने क्रममा हेटौडा ४ चिल्ड्रेन पार्कमा फेला पारी चेकजाँच गर्दा थोकरले बोकेको झोलामा लुकाई छिपाई ल्याएको ४८ बोतल लागूगौषध (व्ईनसिरेक्स) फेला परेको प्रहरीले जनाएको छ । थोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










