ढुङ्गेधारालाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गरिने
मकवानपुर । धार्मिक तथा पर्यटकिय स्थलको रुपमा हेटौंडा–५ को ढुङ्गेधारालाइ विकास गरिने भएको छ ।
ढुङ्गेधाराको महत्त्वसहित दुर्गा देबिको दरबारको रुपमा विकास गरिने भएको हो । ढुङ्गेधारा पर्यटन बिकास मन्चको अध्यक्ष इशोर ढुङ्गानाले जिल्लाको नयाँ पर्यटकिय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिड्डुल गर्ने पार्क, ठुलो शिबको मुर्ती लगायत भौतिक संरचना निर्माण हुने बताए । अहिले ढुङ्गेधारा पर्यटकको गन्तब्य भएको भन्दै अध्यक्ष ढुङ्गानाले देश विदेशबाट पनि भक्तजन, पर्यटक आउने खालको संरचना बनाइने बताए ।
हेटौंडा–५ नम्बर वडा कार्यलयको सहयोगमा मन्दिरको पर्खाल, सिढी लगायतको काम भइरहेको छ । शनिवार ढुङ्गेधारा पर्यटन बिकास मञ्चको आयोजनामा भएको वडादशैं, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पर्यटकिय क्षेत्रको बिकासमा उपमहानगरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।










