प्रधानमन्त्रीद्वारा स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह गरेका छन् ।
बिहीवार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आजदेखि सुरु भएको विजयादशमीको शुभकामना दिएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्यको कामना समेत गर्दै देउवाले कोरोना मापदण्डलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका हुन् ।
बिहीवारदेखि सुरु भएको घटस्थापनाको पहिलो दिन घरघरमा जमरा राखेर मनाइँदैछ ।










