बिहीवार मकवानपुरमा २८ जनाले जिते कोरोना

मकवानपुर । बिहीवार मकवानपुरमा २८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १ जनामा कोरोना पुष्टि भएकोमा २८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार २ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ९ सय ५६ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।