घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
मकवानपुर । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना सामान्य घाइते भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।










