तोकिएको भन्दा बढी भाडा लिने ५ वटा सुमोलाई कार्वाही

हेटौडा न्युज
३१ आश्विन २०७८, आईतवार १४:३२
;

मकवानपुर । प्रहरीले तोकिएको भाडा दरभन्दा बढी रकम लिने ५ सवारी साधनलाई कार्वाही गरेको छ ।

आईतवार विभिन्न गन्तव्य सम्म पुर्याईदिन्छु भन्दै यात्रुहरुसँग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ५ वटा टाटासुमोलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं तर्फ जादैँगरेको ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८, ना १ ज ६४०३, ना १ ज. ५०७६ नम्बरको टाटासुमोलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाईएको जिल्ला प्रहरी मकवानपुृरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*