तोकिएको भन्दा बढी भाडा लिने २ जनालाई कार्वाही
मकवानपुर । प्रहरीले तोकिएको भन्दा बढी भाडा लिने २ जनालाई कार्वाही गरेको छ ।
मंगलबार यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना ४ ख ९३११ नम्बर को यात्रुवाहक बसलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले बढी भाडा उठाउने हेटौंडा उपमहानगरपािलका वडा नंबर १ बस्ने २६ वर्षीय रविन सुबेदी र ३४ वर्षीय सुधेस परियारलाई नियन्त्रणमा लिई उनिहरुमाथि आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।










