यौन शोषणकोे आरोपमा उपप्रध्यापक पक्राउ

हेटौडा न्युज
६ कार्तिक २०७८, शनिबार १०:५०
;

मकवानपुर । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक यौन शोषणकोे आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५१ वर्षिय उपप्रध्यापक कपिलदेव मण्डल रहेका छन् । पाँच वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा मण्डललाई प्रहरीले पक्राउ गरेको हो । जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुबाको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*