गुडिरहेको बसमा आगलागी

हेटौडा न्युज
७ कार्तिक २०७८, आईतवार १०:१८
;

मकवानपुर । सुर्खेतबाट काठमाडौं जाँदै गरेको यात्रु बसवाहक बसमा आगलागी भएको छ ।

आईतवार विहान २ बजे ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए ।

त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए । बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*