अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज फाइजर खोप दिने

हेटौडा न्युज
७ कार्तिक २०७८, आईतवार १५:२१
;

मकवानपुर ।अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध एक लाख ६ सय २० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*