आज देशभर एमालेको पालिका अधिवेशन मकवानपुरमा भने कात्तिक १३ गते हुने

हेटौडा न्युज
९ कार्तिक २०७८, मंगलवार १०:४१
;

मकवानपुर । आज देशभर एमालेको पालिका अधिवेशन हुने भनिएको भएपनी मकवानपुरमा भने कात्तिक १३ गते शनिबार हुने भएको छ ।

नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ अनुसार प्राविधिक कारणले आज अधिवेशन हुन नसकेको हो । उनका अनुसार जिल्लाको अधिकाशं वडामा गएको कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसेको छ ।

सचिव श्रेष्ठले जिल्लामा पालिकास्तर अधिवेशन कात्तिक १३ गते गर्ने तयारी रहेको बताए । मकवानपुरमा एक उपमहानगरपालिका,एक नगरपालिका र ८ गाउँपालिका सहित १० पालिका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*